सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आनन्दबजार । गत बिहीबार भारतीय सुरक्षकर्मीले कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि अशान्त भएको आनन्दबजार अझै सामान्य हुन सकेको छैन।
घटनालगत्तै सुरक्षाकर्मी परिचालन भएकोले हाल स्थानीय बासिन्दाहरुले सुरक्षा महसुस गरेपनि सुरक्षकर्मी फर्किएपछि कसरी रात काट्ने भन्ने चिन्ता लागेको स्थानीय बासिन्दाहरु बताउँछन्।
यो क्षेत्र सधैं असुरक्षित रहने भएकाले आनन्दबजार क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प स्थापना गर्नुपर्ने माग उनीहरुको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा