सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १ , काठमाडौं /नेपालको लागि कोरियन प्रिमियम गाडी निर्माता साङयङ मोटर्सका एकमात्र आधिकारिक विक्रेता तथा आइएमएस ग्रुप अन्तर्गतको एक अग्रणी कम्पनी आइएमएस मोटर्सले आज दरबार मार्ग अवस्थित एनआइबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम संचालन गरेको छ ।
विशेषगरी बैंकका कर्मचारीहरुका लागि भनेर ल्याइएको उक्त कार्यक्रममा सहभागीहरुका लागि साङयङका कोरियन लक्जरी एसयूभीको अनुभव गर्ने अवसर रहेको थियो । यस कार्यक्रम सँगै उपत्यकाका अन्य विभिन्न बैंकहरुमा गई टेस्ट ड्राइभ गराउने कम्पनीको योजनाको पनि सुरुवात भएको छ ।
उक्त कार्यक्रममा सहभागी हुने हरेकलाई कम्पनी टेस्ट ड्राइभ गर्दा आकर्षक उपहारहरुका साथै खरिदमा भारी छुट र एक्स्चेन्ज्मा विशेष डिलहरु समेत प्रदान गरेको थियो ।
यसबाहेक, अन्य आकर्षक अफरहरु पनि रहेका थिए, जस्तै २ वर्षको वारेण्टी, १ वर्षको निःशुल्क रोड ट्याक्स्, तथा २ वर्षको निःशुल्क सर्भिसिङ्ग । साङयङको लक्जरी र पर्पmमेन्स्को अनुभव गर्न भनी बैंक कर्मचारीहरुले भारी मात्रामा जनाएको सहभागीताले उक्त कार्यक्रमलाई सफल बनाएको कम्पनीको विश्वास छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा