सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१ चैत, नेपालगञ्ज । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस् भन्ने कामना गरेका छन् । हार्ट एट्याक भएको खण्डमा दोष एमालेलाई आउन सक्ने नेता नेपालले चिन्तासमेत व्यक्त गरेका छन् ।नेता नेपालले भने, ‘एउटा स्थानमा भएको सभामा जनसागर उर्लिन्छ, अर्को स्थानमा त्योभन्दा ठूलो छाल आउँछ । कुन सभा ठूलो भनेर नै आँकलन गर्न सकिरहेका छैनौं ।’
मेची-महाकाली अभियान अन्तरगत मंगलबार नेपालगञ्जमा आयोजित सभामा नेता भारतीय सुरक्षाकर्मीले नेपालको भूमिमा पसेर नेपालीको हत्या गरेको घटनाको तीव्र निन्दा गरे । यस घटनामा मधेसी मोर्चाका नेताहरुले भारतको पक्ष लिएको दोषारोपण गर्दै उनले भने, ‘उहाँहरु खुलेआम विदेशीको चाकडी गरिरहनुभएको छ । नेपाल र नेपालीको पक्षमा उभिने आँट उहाँहरुसँग छैन ।’आफूहरुले अधिकार नपाएको भनेर जनविरोधी शक्तिहरुले भ्रम फैलाइरहेको नेता नेपालले दाबी गरे । उनले भने, ‘कागले कान लग्यो भन्ने सुनेर कागको पछि नलाग्नुस् । पहिले कान छान्नुस् ।’
नेता नेपालले मधेसी मोर्चाले देश टुक्र्याउन खोजिरहेको तथा मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको आरोप लगाए । देशका अरु पार्टीलाई चुनाव जितेमा देशले सुख नपाउने भन्दै उनले एमालेलाई भोट दिन आह्वान गरे ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा