सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगंज, १ चैत– सत्तारुढ मधेसी मोर्चाले एमालेको मेची–महाकाली अभियानमा गाउँबाट सहभागि हुन आएको बसमाथि बम प्रहार गरेको छ । एमालेको अभियान जुन जिल्लामा पुग्यो ती जिल्लामा बन्द कार्यक्रम राख्दै आएको मोर्चाले आफ्नो बन्दका बाबजूद पनि एमालेको अभियानमा लाखौंको सहभागिता रहेपछि बाँकेमा अभियानमा सहभागि हुन गाउँबाट आएको गाडीमा बम प्रहार गरेको हो ।सत्तारुढ दल भए पनि मधेसी मोर्चालाई विपक्षी दलको सभामा बम हान्ने सुविधा छ । देशब्यापी रुपमा शानितपूर्ण सभा राख्दै लाखौं सहभागिलाई सम्बोधन गर्दै हिंडेको एमालेलाई भने ‘बुद्धिजीवी’हरुले ‘निहुँ खोजेको’ आरोप लगाउँदै आएका छन् । यसअघि २३ फागुनमा सप्तरीमा एमालेको सभा भइरहेका बेला सत्तारुढ मधेसी मोर्चाका ‘कार्यकर्ता’ले बमप्रहार गरेका थिए । सोही क्रममा ४ जनाको मृत्यु भएको थियो । आफ्नै बम प्रहार र आफू सहभागि सरकार मातहतको प्रहरीले चलाएको गोलीबाट मान्छे मारिएपछि त्यसको दोष भने एमालेलाई लगाउँंदै आएका छन् ।
मंगलबार एमालेको सभा विथोल्न मोर्चाले गरेको बाँके जिल्ला बन्दमा गाडी चलाएको भन्दै पेट्रोल बम हानिएको मोर्चाले जनाएको छ। उक्त गाडीमा गाउँबाट सभाका लागि एमालेका कार्यकर्ता आउँदै थिए । पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ । तर एमालेको मुल जुलुशमा भने दशौं हजार स्थानीयको सहभागिता रहेको छ । बम प्रहारी गरी मोर्चाले गरेको हिंसात्मक अवरोधका वावजुद राजमार्गको २३ किलोमिटर क्षेत्र एमालेको जुलुशले भरिएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा