सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १,एमालेको मेची महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगन्जमा हुने आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध प्रयास गरेको छ ।मोर्चाले सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका सवारीलाई रोकेका छन् । एमालेको सभाविरुद्ध मोर्चाले बन्दसमेत आह्वान गरेका छन् ।
सप्तरीमा एमालेको सभा बिथोल्नेक्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएकाले नेपालगन्जमा सुरक्षा कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।एमालेले रामलीला मैदानमा आमसभाको तयारी गरे पनि मोर्चाले अवरोध प्रयास गरेकाले सडक डिभिजन कार्यालयमा सारिएको छ । सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा