• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / सेतोखबर बिशेष

    डा.बाबुरामभट्टराई, विप्लव र वैद्यकाे पार्टीद्वारा ज्यानमुद्दाका दोषी ढुंगेललाई अभिनन्दन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं—सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ–संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन्।नयाँ संरचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सम्मान गरिएको हो।सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ गरी कानुनी दायरामा ल्याउन पटक–पटक ताकेतापत्र लेखिरहेको समयमा ज्यानमुद्दाका दोषीलाई नागरिक अभिनन्दन गरिएको हो।अभिनन्दनकर्तामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी थिए।ढुंगेलले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सर्वोच्चको फैसलालाई आधार देखाउँदै प्रहरीले पक्राउ गर्न खोजेको भन्दै गुनासो गरेका थिए। आफूले माओवादी ‘जनयुद्धकाल’ मा पार्टीको नीतिअनुसार काम गरेको अवस्थामा मुद्दा लागेकाले सरकारले फिर्ता लिनुपर्ने उनले माग गरेका थिए। तर सर्वोेच्चले मु्द्दा फिर्ता लिन नमिल्ने भनेकाले तत्काल उक्त सम्भावना नभएको भन्दै प्रधानमन्त्रीले सम्झाएर पठाएका थिए।

    त्यसको केही दिनपछि गृहजिल्लामा ढुंगेलले आफैंलाई नागरिक अभिनन्दन गराएका हुन्। कार्यक्रम भएको स्थान ओखलढुंगा र रामेछापको सीमामा पर्छ । न्यायिक अन्वेषक तथा नागरिक समाज नामक संस्थाको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रम गरी जिल्लाका विभिन्न गैरसरकारी संघसंस्थाले उनलाई सम्मान गरेको ओखलढुंगाका स्थानीय पत्रकार लीला श्रेष्ठले जानकारी दिए।उनका अनुसार जिल्लामा रहँदा ढुंगेलले समाजमा सकारात्मक काम गरेको र हाल हत्या आरोप लागेकाले अदालतले उचित न्यायिक फैसल्ला गरोस् भन्ने मनसायले उनलाई सम्मान गरिएको दाबी सम्मानकर्ताको छ।

    अभिनन्दनकर्तामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी थिए। माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा उल्लेखनीय भूमिका र योगदान गरेको भन्दै ढुंगेललाई ओखलढुंगाका विभिन्न संघसंस्थाले समेत अभिनन्दन गरेका छन्।ढुंगेललाई सम्मान गर्ने कार्यक्रममा चार गाविसका प्रत्येक घरबाट दुई जना उपस्थित हुन तीनै दलले अनिवार्य ह्विप जारी गरेका थिए।

    ढुंगेललाई अभिनन्दन गर्ने संघसंस्थामा ज्ञानप्रकाश मावि (घोराखरी), ग्रामोदय सिद्धिचरण उच्च मावि, ग्रामज्योति निमावि, ज्योति ग्रामीण समाज, लेती (पोकली) समाज, उमादेवी स्वास्थ्य आमा समूह, पोकली झर्ना सेवा समाज, लेती मावी, फयाफुल्ला युवा कलव, लिखु एग्रिकल्चर नेपाल, जाल्पा मावि (टारकेराबारी), कालिका निमावि (टारकेराबारी), उज्जेली समाज (टारकेराबारी)लगायत छन् ।सर्वोच्च अदालतअन्तर्गत रहेको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्तिहत्या अभियोग ठहर भएका माओवादी नेता ढुंगेललाई पक्राउ गर्न माघ २७ गते मात्रै पुनः ताकेता गरेको थियो । निर्देशनालयले गृह मन्त्रालय र मातहत निकायलाई दोस्रोपटक पत्र लेखेको हो ।

    ओखलढुंगाका ब्यापारी उज्वन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष, पाँच महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रशासनले ‘फरार’ भने पनि उनलाई सर्वसाधारणले भने सार्वजनिक ठाउँमा देख्दै आएको भन्दै फैसला कार्यान्वयन किन नभएको भनी प्रश्न सोधेको थियो ।निर्देशनालयले कार्यान्वयनमा ढिलाइ गरे धारा १२८ अनुसार अदालतको अवहेलना प्रक्रियामा जान सक्ने चेतावनीसमेत दिएको थियो । निर्देशनालयको २०७३ पुस ७ गते चलानी नम्बर ३८७ रहेको पत्रको जवाफ पुस १३ गते दिँदै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई पक्राउ गर्ने प्रयास भइरहेको र देशभरका प्रहरी इकाइमा पत्राचार गरेको जानकारी दिएको थियो । त्यसबाट असन्तुष्ट हँुदै निर्देशनालयले अदालतबाट फैसला भई रहने तर अनेक बहानामा त्यसको कार्यान्वयन नहुने हो भने अदालतको उपस्थिति र न्यायिक प्रक्रियाको औचित्य नहुने भनेको छ ।

    ‘व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक हैसियतका आधारमा र शक्तिको आडमा फैसला कार्यान्वयन नहुने हो भने राज्यले नै नागरिकबीच भेदभाव कायम गर्ने देखिन्छ’, निर्देशनालयको पत्रमा भनिएको छ ।तत्कालीन विद्रोही नेकपा माओवादी कार्यकर्ता पुष्कर गौतम र ढुंगेललगायत नौ जनाको समूहले २०५५ असार १० गते ओखलढुंगा, तारकेराबारीका उज्वन श्रेष्ठलाई गोली हानी हत्या गरेको थियो । व्यक्तिगत रिसका आधारमा श्रेष्ठलाई सुराकी गरेको अभियोगमा उनीहरूले हत्या गरेका थिए ।स्थानीय व्यापारी श्रेष्ठलाई माओवादीको सुराकी गरेको आरोपमा मारिएको थियो । पसलका लागि सामान लिन ओखलढुंगाबाट दुई भरियासँगै रामेछाप हिँडिरहेका बेला उनीमाथि गोली चलाइएको थियो । लिखु खोलाछेउइप् घेरा हालेर उनको हत्या गरी शव खोलामा बगाइएको थियो ।नागरिक न्युज बाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑