सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरियामा जारी युद्धमा छ वर्षको अन्तरालमा मृत्यु हुने सिरियाली नागरिकको सङ्ख्या तीन लाख २० हजार पुगेको सिरियाली मानवअधिकार समूहले सोमबार जनाएको छ। मानवअधिकारवादी उक्त संस्थाले आफ्नो तथ्याङ्कमा जनाएअनुसार तीन लाख २० हजार मृतकमध्ये १७ हजार ४०० बालबालिका र ११ हजार महिला रहेका छन्।
तथ्याङ्कमा सरकारी सुरक्षा बल तथा सहयोगी लडाकूदस्तातर्फबाट मृत्युवरण गरेका एक लाख १४ हजार ४७४ व्यक्ति पनि समावेश भएको बताइएको छ। त्यसैगरी घाइते हुने सिरियाली विद्रोही र कुर्दिस लडाकूको सङ्ख्या ५५ हजार रहेको उक्त संस्थाले जनाएको छ।
तथ्याङ्कअनुसार विगत छ वर्षमा अलकायदा आवद्ध सिरियाली अल नुस्रा फ्रन्ट र इस्लामिक स्टेट (आईएस) समूहका ५६ हजार लडाकूसमेत मारिएका छन्। सिरियामा सन् २०११ को मार्च ११ मा सिरियाली सरकार, विपक्षी र केही बाहिरी शक्तिबीचको राजनीतिक सन्तुलन नमिलेपछि युद्ध सुरु भएको थियो।
रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई दरोरूपमा सहयोग गर्दै आएको छ भने टर्की, अमेरिकालगायत केही मुलुकले विद्रोहीको अधिकारका लागि सहयोग पु-याउँदै आएका बताइन्छ। रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा