सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउड र हलिउड श्रृंखला ‘क्वान्टिको’ तथा ‘बेवाच’ फिल्म अभिनेत्री प्रियंका चोपडाले बनाउन लागेको नेपाली भाषाको फिल्म ‘पाहुना’को आधिकारिक घोषणा भइसकेको छ। सिक्किम पर्यटन मन्त्रालय र प्रियंकाकी आमा प्रमुख रहेको फिल्म कम्पनी ‘पर्पल पेबल’ को सहकार्यमा बन्न लागेको फिल्मको पृष्ठभूमिमा नेपालमा दस वर्ष चलेको सशस्त्र द्वन्द्व रहने बताइएको छ।
प्रेम, शक्ति र साहसको कथा भन्ने फिल्ममा सशस्त्र द्वन्द्वका बेला बाबुआमाबाट छुट्टिएर सिक्किम पुगेका तीन बालबालिकाको कथा रहनेछ।
‘सिक्किम सरकारसँगको सहकार्यमा बन्न लागेको फिल्मको घोषणा गर्न पाउँदा म निकै खुसी छु,’ प्रियंका चोपडाले भनेकी छिन्, ‘यो फिल्म त्यस्तो हुनेछ, जुन कथा भन्न भन्न म धेरै अघिदेखि उत्साहित थिएँ। आज यो ठाउँमा एउटा अर्थपूर्ण काम हुन लागिरहेकोमा खुसी लागिरहेको छ।’
फिल्ममा अधिकांश प्राविधिक र कलाकारहरु सिक्किमकै रहनेछन्। सिक्किमकी अभिनेत्री मन्जु क्षेत्रीसहित पाँच कलाकार छानिइसकेको बताइएको छ। मन्जु तिनै हुन्, जसले तीन वर्षअघि ‘मेरी बास्सै’ मा अभिनय गरेकी थिइन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा