सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३० फागुन, काठमाडौं।आइसिसी विश्वक्रिकेट लिग च्याम्पियन्सिपको दोस्रो खेलमा केन्यालाई नेपालले सनसनीपूर्ण रुपमा जितेको छ । १५६ रनको लक्ष्य पछ्याएको नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १११ रनको पार्टनरसिप गरेपछि नेपालले केन्यालाई सात विकेटले पराजित गर्न सफल भएको हो । जितसँगै नेपालले च्याम्पियनसीप खेल्ने ८ टिममा ८ अंक जोडेको छ । नेपाल अंक तालिकामा छैठौं स्थानमा छ ।
एक दिन अघि पानी विथोलेको खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।
नेपालले यस अघि केन्यालाई १५५ रन रोक्ने क्रममा शरद भेषवाकरले चार, मेहबुब आलमले दुई र वसन्त रेग्मीले २ विकेट लिएका थिए ।
नेपालका लागि सुनिल धमला १, सागर पुनले ५, दिपेन्द्रसिंह ऐरीले ६२ रन बनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा