सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम । इलामको माङसेबुङ– ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । जनजाती पत्रकार महासङ्घ इलामका अध्यक्ष राम योङ्हाङले भाषा संरक्षण र सम्बद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा