सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ । जिल्ला अस्पताल धादिङमा एक जना महिलाले तीन वटा शिशु जन्माएकी छिन । धादिङ ज्वालामुखी गाँउपालिका वडा-६ की ३७ वर्षीया रिम्क गुरुङ्गले एकै पटक तीन वटा शिशु जन्माएकी हुन ।
जिल्ला अस्पताल धादिङमा गएराति चिकित्सकहरुले शल्यक्रियाबाट १५, १८, र २५ सय ग्रामका तीन वटा शिशु जन्मेका जनाएका छन ।
जिल्ला अस्पातल धादिङमा यसरी शल्यक्रिया गरी तीन ओटा शिशु जन्माएको यो पहिलो पटक हो ।
अहिले शिशुहरु र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा