सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गृह मन्त्रालयले एक सय जना दर्ता अपरेटरका लागि दरखास्त आह्वान गरेको छ। बिहिबार एक सुचना प्रकाशित गरी गृह अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना करार सेवामा रहने गरी दर्ता अपरेटर माग गरेको हो।
दर्ता अपरेटरमा काम गर्न चाहनेले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ। आवेदन शुल्क लाग्ने छैन।
दर्ता अपरेटरका लागि लिखित परीक्षा मंसिर १३ गतेलाई तोकिएको छ। दर्ता अपरेटरमा काम गर्ने योग्यता १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने नियम तोकिएको छ।
कक्षा १२ उत्तीर्णले आवेदन दिन सक्नेछन् दर्ता अपरेटरले दैनिक १२ सय रुपैयाँ पारिश्रमिक पाउने छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा