सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रदेश ५ को राजधानी दाङ हुने भएको छ । प्रदेश सरकारको शुक्रबारको बैठकले यससम्बन्धि निर्णय गरेको हो ।
प्रदेश ५ सरकारले प्रस्ताव प्रदेश सभामा लैजान लागेको छ । दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउँदा सबै जिल्लालाई पायक हुने निष्कर्ष निकालिएको एक मन्त्रीले बताए ।
हाल प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलमा प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सहमति भएको थियो ।
प्रदेश राजधानी दाङको भालुवाङ राखी प्रदेश सभामा लागी तीनदिन भित्र यो प्रक्रिया टुंग्याउने पार्टीले निर्देशन दिएपछि यो निर्णय भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा