सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । जनकपुर (कुर्था)– जयनगर चल्ने दुई सेट रेल आज जनकपुर स्टेशन शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ। जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो। लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल कहिलेदेखि औपचारिक रुपमा सुचारु हुने मिति तय भएको छैन। यद्यपि दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको छ। रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ।
रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ। यसमा एसीयुक्त आरामदायी सिटहरू छन्। रेलमा दुई वटा इन्जिन छन्। अगाडिको इन्जिन मुख्य हुन्छ। अगाडिकोलाई पावर कार र पछाडिकोलाई टेलर कार भनिन्छ।
रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर हो। तर, जनकपुर(जयनगर रेल्वेको डिजाइन प्रतिघन्टा १०० किलोमिटर स्पिडको बनाइएको छ।
भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको बताईएको छ।
रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा चर्चित मानिन्छ। यो रेल नेपाल रेल्वे कम्पनीले चलाउँछ। आजै उसलाई विभागले रेल हस्तान्तरण गर्दैछ। अहिले यो रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गर्ने योजना छ। आगामी दिनमा महोत्तरीको बिजेलपुरसम्म ५२ किलोमिटर चलाउने योजना छ। त्यहाँबाट पनि १७ किलोमिटर बर्दिबास चलाउने योजना हो।
फोटोहरु : सामाजिक सञ्जालहरुबाट
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा