सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३२ जेठ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ ।
यसअघि २१ गते उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नौ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो। त्यतिबेला समितिका सदस्य सचिव एवं प्रवक्ता नारायण बिडारीले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको जानकारी गराएका थिए ।
सदस्य सचिव बिडारीले यसअघि जानकारी गराएको खर्च रकम र शनिबार सार्वजनिक खर्च विवरण हेर्दा करिब डेढ अर्ब रुपैया तलमाथि परेको देखिन्छ ।
शनिबार सार्वजनिक विवरणमा स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ, रक्षा मन्त्रालयमार्फत दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँँ, गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपैयाँँ, संस्कृति मन्त्रालयमार्फत पाँच करोड २० लाख रुपैयाँँ, सहरी विकास मन्त्रालयमार्फत एक करोड ४२ लाख रुपैयाँँ र शिक्षा मन्त्रालयमार्फत दुई करोड ६९ लाख ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। याे खबर नागरिक दैनिकमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा