सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रधानमन्त्री कोन्टेले सो सहरमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निषेध गरिएको छ । त्यहाँका सबै विद्यालय र खेलकुद गतिविधि निलम्बन गरिएको छ ।
प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ । इटलीका अधिकारीले कोरोनाभाइरस फैलिएको र यस्ता उपायबिना नियन्त्रण गर्न नसकिने बताएका छन् । ‘यो भाइरस सर्ने सम्भावना निकै धेरै छ,’ लाम्बार्डीका स्वास्थ्य प्रमुखले बताए ।
चीनको हुवे प्रान्तमा गत डिसेम्बरबाट सुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर एक हजार चार सयभन्दा बढी संक्रमित भएको र ११ जनाको मृत्यु भएको छ ।
चीनका स्वास्थ्य अधिकारीका अनुसार शनिबार यसको नयाँ संक्रमण र मृत्यु हुनेको संख्या घटेको छ । तर त्यहाँ अहिलेसम्म ७६ हजार ३९२ संक्रमण र दुई हजार ३४८ मृत्यु पुष्टि भइसकेको छ ।
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दोब्बर पुगेको अधिकारीले बताएका छन् ।
शुक्रबारयता थप २२९ जनामा कोभिड–१९ गराउने भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा