सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्राय तपाईले फिल्महरुमा वा साधारण रुपमा कार्यालय समयमा वकिलहरुले कालो कोट र सेतो सर्ट नै लगाएको देख्नु भएको होला । के तपाईलाई थाहा छ वकिलहरुले कालो कोट र सेतो सर्ट किन लगाउछन् ?
जानकारी दिनु पर्दा, वहसको शुरुवाता १३२७ मा एडवर्ड तृतियले गरेका थिए र त्यो समय ड्रेस कोडको आधारमा न्यायाधिशको भेषभुषा तयार गरीएको थियो । त्यो समय न्यायाधिशले कालो टोपी पनि लगाउँथे । बहसको शुरुवाती समयमा वकीललाई चार भागमा विभाजित गरीएको थियो । जसमा स्टुडेन्ट (छात्र), प्लीडर (वकील), बेन्चर र ब्यारिस्टर । यी सबैले न्यायाधिशलाई स्वागत गर्थे ।
त्यो समय अदालतमा सुनौलो रातो कपडा र खैरो रंगले तयार पारीएको गाउन लगाउने गरिन्थ्यो । त्यसपछि १६०० मा वकीलको भेषभुषामा बदलाव आयो र १६३७ मा यो प्रस्ताव राखियो कि काउन्सिले पनि जनताको जस्तै कपडा लगाउनु पर्दछ । यसपछि वकीलहरुले लामो गाउन लगाउन शुरु गरे । यस्तो मानिन्थ्यो कि त्यो समयको यो भेषभुषा न्यायाधिश र वकिललाई अन्य ब्यक्ति भन्दा अलग देखिन्थ्यो ।
सन १६९४ मा ब्रिटेनकी महारानी क्वीन मरियमको मुत्यु कुखुरामा लाग्ने रोगबाट भयो । त्यसपछि उनका पति राजा लिलियम्सले सबै न्यायाधिश र वकिलहरुलाई सार्वजनिक रुपमा शोक मनाउनको लागी कालो गाउन लगाएर जम्मा हुन आदेश दिए । र सबैजना कालो गाउन लगाएर शोख मनाउन आए । यो आदेशलाई कहिलेपनि रद्ध गरिएन र त्यसबेलादेखी अहिलेसम्म यो प्रथा चल्दै आईरहेको छ ।
२१ औ शताब्दिमा आईपुग्दा कालो कोट वकिलहरुको पहिचान बनेको छ । अधिनियम १९६१ अन्तर्गत अदालतमा सेतो ब्यान्ड टाईसँगै कालो कोट लगाएर आउन अनिवार्य गरिदिइएको थियो । यस्तो पनि भनिन्छ कि यो कालो कोट र सेतो सर्टले वकीलहरुलाई अनुशासनमा ल्याउन र उनीहरुमा न्याय प्रतिको विश्वास जगाउने गर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा