सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । आइतबारबाट ५ नम्बर प्रदेशको हिउँदे अधिवेशन प्रदेशको नाम र राजधानी टुंग्याउने उद्देश्यका बीच सुरु भएको छ । आइतबार दिउँसो १ बजेदेखि सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेश सांसदले प्रदेशको नामकरण र राजधानीकै विषयलाई जोड दिएका छन् ।
तर, नाम र राजधानीका विषयमा संसदीय विशेष उपसमितिले तयार पारेको प्रदेशको नामकरण र राजधानीबारे सुझाव प्रतिवेदन भने संसदमा प्रस्तुत भएको छैन ।
यसैक्रममा, बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक निर्मला क्षत्रीले हिँउदे अधिवेशनबाटै प्रदेशले स्थायी राजधानी र नामको टुंगो लगाउन आग्रह गरिन् ।
प्रदेशको नामकरण र राजधानीको विषयलाई अनीर्णयको बन्दी बनाउन नहुने उनको तर्क थियो । उनले भनिन्, ‘सबै कुरामा अब्बल प्रदेशले अब नामकारण र राजधानीको टुंगो लगाउने विषयमा ढिलाइ गर्न हुँदैन । यहीँ अधिवेशनले टुंगो लगाएर अगाडि बढनुपर्छ ।’
प्रदेशको नाम र राजधानीका लागि केन्द्रको मुख ताक्नु संबैधानिक नहुने प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जनाए । नामकरण र राजधानीको विषय संबैधानिक रुपमै प्रदेश सभाको भएकाले संसदमा गठित विशेष समितिले पेश गरेको प्रतिवेदनलाई व्यापक छलफल गरी सोही प्रतिवेदनका आधारमा राजधानी र नामकरणको विषय टुंग्याइनुपर्ने माग गरेका छन् ।
प्रमुख सचेतक ढकालले भने, ‘उपसमितिले बैठकमा प्रतिवेदन प्रस्तुत गर्छ । त्यसमा सबै राजनीतिक दलहरूबीच छलफल गरी प्रदेशसभा भित्रैको छलफलबाट यो विषय टुंगो लगाउनु पर्छ’।
नेकपाका अर्का सांसद दिपेश थारूले स्थायी राजधानी र नामकारणको विषय प्रदेश सभाले नै टुंग्याउन प्रदेश सभामा माग गरे । सरकारले बिजनेस दिन नसकेका कारण चार महिनादेखि संसद बैठक चल्न सकेको थिएन । हिउँदे अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तहसम्बन्धी, विश्व विद्यालय, लोक सेवा, चलचित्रसम्बन्धी विधेयक पेश हुने छन् ।
प्रदेशसभाको अर्को बैठक माघ १२ गते बस्नेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा