सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन शुरु हुँदैछ । मूख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज दिउँसो १ बजे बस्नेगरी संसदको पाँचौं अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सभाको नयाँ अधिवेशनले प्रदेशको नामदेखि करिब आधादर्जन विद्येयक पारित गर्नुपर्नेछ । हालसम्म सातमध्ये चार प्रदेशले नाम र राजधानी टुङ्गो लगाएका छन् ।
अधिवेशनको पहिलो दिन आज भने शुभकामना मन्तव्यको कार्यक्रम राखिएको छ । संसद्मा पेश हुने एजेण्डाबारे कार्यपरामर्श समितिले आजै निर्णय गर्ने जनाइएको छ ।
यो अधिवेशनबाट प्रदेशसभाले स्थानीय तह, लोक सेवा, विश्वविद्यालय, चलचित्र, सुशासन र वातावरणलगायत कम्तिमा आधादर्जन विधेयक पारित गर्नेछ । यसैगरी, यही हिउँदे अधिवेशनमै प्रदेशसभाले बाझिएका कानूनहरु पनि संशोधन गर्ने भएको छ ।
यसअघिका चारवटा अधिवेशनमा प्रदेशसभाले ५९ वटा विद्येयक पारित गरेको थियो । यसमध्ये ५ नम्बर प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, नेपाली कांग्रेसका १९, समाजवादी पार्टीका ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १÷१ गरी ८७ सांसद् रहेका छन् । यसअघिको बजेट अधिवेशन जेठ २ गते सुरु भएर असोज २ गते सम्पन्न भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा