सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रधानमन्त्री गोन्चारुकले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री गोन्चारुकले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,’ ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेखेका छन् ।
सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप पनि लगाएका छन् । ‘त्यो अडियो सत्य होईन,’ उनले भनेका छन् । उनी सन् २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद सम्हालेका थिए । –एएफपी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा