सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाइ गरेसँगै गाडीहरुको बिक्रीदर घटेको छ ।
यही पुसको पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशतभन्दा बढी नहुनेगरी व्यवस्था गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएपछि त्यसको असर सवारीसाधनमा परेको छ ।
यसैकारणले गर्दा पछिल्लो समय सवारीसाधनको बिक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
अध्यक्ष दुलालले पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधन डेलिभरी गर्नसमेत नसकिएको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको बताए ।
नेपाल राष्ट्र बैंकले भने ऋण लिएपछि तिर्ने क्षमतामा सुनिश्चितता कायम गर्न यस्तो नीति लागू गरेको जनाए । यसैक्रममा, राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले हायर पर्चेज, घरजग्गा लगायतका क्षेत्रमा दिइने कर्जामा आफ्नो कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतबाट किस्ता तिर्न भ्याउनेगरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको र यसले कर्जा लिने व्यक्तिले भविष्यमा तिर्न नसक्ने अवस्थाको अन्त्य हुने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा