सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभीबन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ ।
नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा. लि. ले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारत स्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो ।
भारत–६ (Bhaarat-VI) इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोस कै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ ।
कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने कम्पनीकाप्र मुख सुहृद घिमिरे बताउनुहुन्छ । सेल्टोसमा १० इन्चस्क्रिन, बिओएसई (BOSE) म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कटस्टेरिङ (D-Cut Steering), युभीग्लास (UV Glass) जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् ।
गत भदौमा सम्पन्न नाडा अटो सोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर यो गाडी उपलब्ध गराउने कम्पनीको योजना छ । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके ](HTK), एचटिके (HTK+), एचटिएक्स (HTX), एचटिएक्स प्लस (HTX+) भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
भारतमागत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । अटो पन्डित्जका अनुसार सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमा लोकप्रिय बनेको थियो ।
हुन्डाइको क्रेटा, निसानको किक्स, जिपकम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा