सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा श्रीलंका नेपालसँग भिड्ने भएको छ । यो खेलमा नेपालले पहिला ब्याटिङ रोजेको छ ।
टियु क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । उपाधिको प्रमुख दाबेदार श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुने दाबी गरेको छ ।
नेपालको टोलीमा राशिद खान, रोहित कुमार पौडेल, सन्दीप जोरा र कुशल भुर्तेल प्लेइङ ११ मा छैनन् । ओपनिङका लागिपुर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल तयार भएका छन् । नेपालले तीन तीब्र गतिका बलर र २ स्पिनर खेलाएको छ ।
नेपालको प्लेइङ ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सोमपाल कामी, करण केसी , दीपेन्द्र सिंह ऐरी, सुसन भारी, ललित नारायाण राजवंशी, विनोद भण्डारी (विकेटकीर), पवन सरार्फ, अभिनास बोहोरा, आरिफ शेख रहेका छन् ।
यसैगरी श्रीलंकाको प्लेइङमा चारिथा निसालंका (कप्तान), कामिन्दु मेन्डिस, निसान मदुसंका, आशिन बन्दरा, जेहान डानियल, काभिष्का अन्जुला, दिभान्दु तिलकरत्ने असिता फ्रनान्डो र सचिन्दु कोलाम्बाजे रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा