सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज साताको दोस्रो दिन बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा निर्धारण गरिएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सयले घटेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज तेजावी सुनको मूल्य पनि घटेर प्रति तोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा