सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वमा यस्ता कैयौ देशहरु छन जहाँ शिक्षाको लागी धेरै राम्रा नियम तथा कानुन बनेका छन् । यस्तै देशहरु मध्येको एउटा देश हो स्लोभेनीया जहाँको प्रतिब्यक्तिले तपाईलाई चकित पार्नेछ । यो देश जो स्वतन्त्र भएको केही बर्ष पछि नै ती देशहरु भन्दा अगाडि पुग्यो जुन देश त्यो देशभन्दा अगाडि नै स्वतन्त्र भएको थियो ।
यो एउटा गणतन्त्रात्मक मुलुक हाृ जो मध्य युरोपमा रहेको एल्प्सको पर्वत ऋखला नजिक रहेको छ । स्लोभेनीया कैयौ देश र सागरसँग आफनो सीमासँग जोडिएको छ । यसको उत्तरमा अष्ट्रेलिया, उत्तर–पुर्व मा हंगेरी, दक्षिण–पुर्व मा क्रोएशिया, पश्चिम मा इटली र दक्षिण–पश्चिममा एड्रियाटिक सागर छ ।
यस्तो छ स्लोभेनीयाको रोचक तथ्यहरु :
– स्लोभेनीया पहिलो युगोस्लाभियाको अधिनमा थियो ।
– यो देश २५ जुन १९९१ को युगोस्लाभियाबाट स्वतन्त्र भएको थियो ।
– करीब २८ बर्षमा नै यो देशले धेरै प्रगती गरेको छ ।
– २० हजारभन्दा धेरै वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको यो देश जल तथा पर्यटकको लागी प्रख्यात छ । धेरै टाढा टाढाबाट मानिसहरु यहाँ घुम्न आउछन् ।
– स्लोभेनिया का जनताहरुको मुख्य आयश्रोत भनेको पर्यटन हो ।
– यो देशको ६० प्रतिशत भु–भाग जंगलले घेरिएको छ ।
– यो देशको जनसंख्या मात्र २० लाखको आसपासमा छ ।
– स्लोभेनियाको पुरानो क्षेत्रमा जुन भवनहरु बनेका छन ती सबै इटालीयन शैलीमा बनेको छ ।
– मुख्य रुपमा यहाँका मानिसहरु स्लोभेनियाली भाषा बोल्छन् ।
– यहाँको मुद्रा युरो हो ।
– युगोस्लाभिया बाट स्वतन्त्र भएपछि केही बर्षसम्म त स्लोभेनियाको आर्थिक स्थिति खराब थियो । तर पछि यो देशले तेज रफतारमा प्रगती गर्यो ।
– केही बर्षमै स्लोभेनिया समकालीन पुर्वी युरोपको समाजवाद प्रभावित देशको रुपमा एउटा मजबुत आर्थिक रुपमा सबल बनेर उदायो ।
– आज यो देशमा प्रति ब्यक्ति आय करीब २ लाख ५१ हजार भन्दा बढि छ जबकि नेपालको प्रतिब्यक्ति आय ९ हजार ३ सय (अन्तराष्ट्रिय मुद्रा कोषको आधारमा) छ ।
– स्लोभेनियाका मानिसहरु शिक्षालाई लिएर धेरे नै सतर्क र जागरुक छन् । यो देशमा १५ बर्षको उमेरसम्म बच्चाहरुलाई निशुल्क शिक्षा दिइन्छ ।
– १५ बर्षसम्म बच्चाहरुको शिक्षालाई अनिवार्य पनि गरिएको छ ।
– यद्यपी, उच्च शिक्षा लिने संख्या भने कम छ । करीब ३६ प्रतिशत मानिसहरु मात्र उच्च शिक्षा ग्रहण गर्दछन् ।
– स्लोभेनिया मा केबल २ वटा मात्र विश्वविद्यालयहरु छन् ।
– यो देशमा बस्ने करिब ७१ प्रतिशत मानिसहरु रोमन क्याथोलिक छन् ।
– यहाँका मानिसहरु पहाड चढ्ने र लामो समुन्द्र यात्रा गर्न मन पराउछन् । उनीहरु साहसिक खेलका शौखिन पनि छन् ।
– सर्वोच्च सगरमाथा चढ्ने पहिलो ब्यक्ति स्लोभेनीयन यही देशका निवासी थिए ।
– यती मात्र होइन , स्लोभेन विश्वका सबै सात महाद्धीपको सबैभन्दा अग्लो पहाडमा चढ्ने पहिलो ब्यक्ति पनि यहीका थिए ।
– स्लोभेनियाका करीब २७ हजार किलोमिटरको क्षेत्र नदि, धाराहरु र अन्य जलस्रोतले भरिपुर्ण छ ।
– यो देशमा करीब २६० झरनाहरु छन् ।
– सबैभन्दा अग्लो झरनाको नाम हो बोका । यो १०६ मिटर अग्लो छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा