सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
ट्रयाङ्कुलिटी स्पा मार्फत बजारीकरण तथा विक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक मार्फत बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्कुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने उक्त सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा