सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खसीको सुप नेपाली भान्सामा मन पराइने परिकारमध्ये एक हो । हुन त यो सुप बनाउने तरिका सबैको फरक–फरक हुन सक्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार बुढाबुढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ । भातसँग पनि खान सकिन्छ ।
सामग्री
प्रतिव्यक्ति पिस पारेको एउटा खसीको खुट्टा । थिचेको अदुवा २० ग्राम । थिचेको लसुन ३० ग्राम । थिचेको हरियो खुर्सानी दुई पिस । छाटा मुगी १०० ग्राम । नुन स्वादअनुसार । एक चिम्टी ज्वानो । ठूलो एक चम्चा बटर । पानी एक बाउल ।
बनाउने तरिका
कुकर तातेपछि बटर राख्नुहोस् ।
बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् ।
खसीको खुट्टा राख्नुहोस् । भुट्न नछाड्नुहोस् ।
थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।
तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् ।
दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् ।
स्वादअनुसार नुन राखिदिनुहोस् । यसमा अन्य मसला जाँदैन ।
अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् ।
आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् ।
अब कुकरबाट निकालेर खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा