सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९ को उद्घाटन समाराहलाई सम्बोधन गदै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन् ।
मन्त्री खतिवडाले सो शो को उद्घाटनमा बोल्दै विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताए ।
मन्त्री खतिवडाले विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गरेका छन्।
सोहि प्रसंगमा मन्त्री खतिवडाले भने, “हाईब्रिड कार र हाईब्रिड भेइकललाई कर छुट दिन्छौ भनेर भन्यौँ । तपाईहरुले ब्याट्रीले त स्टार्ट मात्रै हुने अनि चल्दाखेरी गाडी ल्याएर भन्सारमा राखिदिनुभयो । अघि एक जनाले भन्दै हुनुहुन्थ्यो नक्कली पार्टपूर्जा पनि आए भनेर । त्यो सरकारले ल्याएको होला र रु तपाईहरुले सरकारलाई छल्ने काम नगर्दिनुहोस् । सरकार पनि इमान्दारीपूर्वक पेस हुन चाहन्छ र तपाईहरु पनि इमान्दार पूर्वक पेश हुनुहोस् । ”
मन्त्री खतिवडाले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने बताएका छन् ।
विद्युतीय सवारी साधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको पनि उनले बताएका छन् ।
व्यवसायी जस्तै राज्यपनि लाभको नीति अनुसार अघि बढ्ने भन्दै मन्त्री खतिवडाले कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने विषयमा सरकारले संरक्षण प्रदान गर्दै कर छुट, अन्तशुल्क भन्सार र अरु कर छुट दिनका लागि सरकार तयार रहेको जानकारी दिए ।
प्रर्दशनी स्थल निर्माणबारे निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको पनि उनले बताएका छन् ।
मन्त्री खतिवडाका अनुसार भेईकलफिटनेस र सडक सुरक्षा बारे पनि सरकार गम्भीर रहेको छ ।
यसैक्रममा, नाडा अटो मोबाईल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले मन्त्री खतिवडालाई मध्य नजर गदै सवारी साधनको पार्टपूर्जामा लाग्ने अन्तशुल्क हटाउन माग गरेका छन् ।
नाडा अटो शो २०१९ भदौ १६ गते सम्म चल्ने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा