सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी, माघ ४। जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ ।
जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार गाउँ पसेका हात्तीले उनको टाउकामा किचेपछि तत्कालै मृत्यु भएको हो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ ।
ट्र्याक्टरले किचेर महिलाको मृत्यु
ट्र्याक्टरले किचेर म्याग्दीको जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ ।
ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका मिलनचोक प्रहरी चौकीले जनाएको छ ।
सडकमा रोकेर राखेको ट्र्याक्टर एक्कासि आफै गुड्दा घरको पेटीमा बसिरहेकी पौडेल र अनिता आचार्यलाई किचेको थियो । आचार्यलाई थप उपचारका लागि पोखरा पठाइएको छ । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको मिलनचोक प्रहरी चौकीका ट्राफिक प्रहरी अनिल कार्कीले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा