• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट दिन्नँ : विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन

      पुनः गृहमन्त्री बनेका सुधन गुरुङद्वारा पदभार ग्रहण

      दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको घोषणा

      वित्तीय अनुशासनमा मधेश सरकार, अनुत्पादक खर्चमा १०० प्रतिशत रोक

      रवि लामिछानेलाई ठूलो राहतः पर्सा जिल्ला अदालतद्वारा ‘संगठित अपराध’ को अभियोग हटाउने आदेश

      गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

      ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

      इजरायल–इरान तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

      सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

      एनएमबि बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु

      गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

      ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

      बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

      बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’

      कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

    होमपेज /  अन्य

    रवि लामिछानेलाई ठूलो राहतः पर्सा जिल्ला अदालतद्वारा ‘संगठित अपराध’ को अभियोग हटाउने आदेश

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २६, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४४ पटक पढिएको
  • वीरगन्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको ‘संगठित अपराध’ को अभियोग हटाउने निर्णय गरेको छ। वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै अदालतले संगठित अपराधको अभियोग हटाएर सहकारी ठगीसम्बन्धी अभियोगलाई मात्र कायम राख्न आदेश दिएको हो।

    जिल्ला न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मंगलबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधन गर्न अनुमति प्रदान गर्दै उक्त आदेश जारी गरेको हो।

    विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशीलगायत २९ जना प्रतिवादी रहेको यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, पर्साले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो।

    अदालतले महान्यायाधिवक्ताको स्वीकृतिपछि दायर गरिएको उक्त निवेदन कानुनसम्मत रहेको ठहर गर्दै सहकारी ठगीतर्फको अभियोग यथावत् राख्ने तथा संगठित अपराधतर्फको अभियोग भने सबै प्रतिवादीका हकमा कायम नरहने गरी संशोधनको आदेश दिएको हो।

    मंगलबार भएको बहसका क्रममा वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताले प्रतिनिधित्व गर्नुभएको थियो भने प्रतिवादी रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता दिपेन्द्र झा र अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बहस गर्नुभएको थियो। लामिछानेको तर्फबाट मुद्दाको वारेस समेत अधिवक्ता पटेल नै रहनुभएको छ।

    अदालतले आफ्नो आदेशमा पीडित बचतकर्ताको रकम फिर्ता दिलाउने विषय नै यस मुद्दाको मूल उद्देश्य रहेको स्पष्ट पारेको छ। अभियोग संशोधनपछि पनि सहकारी ठगीसम्बन्धी दाबी यथावत् रहने भएकाले जाहेरवाला (पीडित) को हितमा कुनै प्रतिकूल असर नपर्ने अदालतको निष्कर्ष छ।

    साथै, संगठित अपराधसम्बन्धी अभियोग कायम नरहेमा पीडित र प्रतिवादीबीच मिलापत्र हुन सक्ने तथा बचतकर्ताको रकम फिर्ता हुने कानुनी प्रक्रिया थप सहज बन्न सक्ने ठहर समेत अदालतले गरेको छ। यसअघि मिति २०८२ पुस ३० गते र त्यसपछि त्रुटि संशोधनमार्फत २०८२ माघ २ गते भएको निर्णय र महान्यायाधिवक्ताको निर्देशनअनुसार यो अभियोग संशोधनको प्रक्रिया अगाडि बढाइएको थियो।

    अदालतको यो आदेशसँगै अब यस मुद्दामा सभापति लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोगमा मात्र सुनुवाइ र न्यायिक प्रक्रिया अघि बढ्ने भएको छ। यसअघि कास्की जिल्ला अदालतले पनि पोखराको सूर्यदर्शन सहकारी सम्बन्धी मुद्दामा रवि लामिछानेमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउने यस्तै प्रकृतिको निर्णय गरिसकेको छ। पर्सा अदालतको यो आदेशसँगै लामिछानेलाई कानुनी रूपमा ठूलो राहत मिलेको विश्लेषण गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको घोषणा

    इजरायल–इरान तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    बालेन सरकारमा भित्रिए स्वतन्त्र सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री मन्दै

    सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै शपथ ग्रहण

    ‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट…

    पुनः गृहमन्त्री बनेका सुधन गुरुङद्वारा पदभार ग्रहण

    दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको घोषणा

    वित्तीय अनुशासनमा मधेश सरकार, अनुत्पादक खर्चमा १०० प्रतिशत…

    तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट…

    पुनः गृहमन्त्री बनेका सुधन गुरुङद्वारा पदभार ग्रहण

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य…

    आर्थिक

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

    एनएमबि बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु

    नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑