सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चिन । अनलाइन मार्केटिङ लगातार तेज रफतारमा बढिरहेको छ । अनलाइन शपिङले ब्यापार मात्र विस्तार गरेको छैन यसले दैनिक जसो रेकर्ड पनि तोडिरहेको छ ।
चीनको सबैभन्दा ठुलो कम्पनि अलीबाबा ले सोमबार सिंगल्स डे सेल्स अभियानमा १७ घण्टापछि नै पछिल्लो रेकर्ड तोड्दै ३१.८२ अरब डलरको रेकर्ड सेल्स गरेको छ । कम्पनिले पछिल्लो बर्ष सिंगल्स डे मा २४ घण्टामा ३०.८ अरब डलरको विक्रि गरेको थियो ।
चिनमा हरेक बर्ष ११ नोभेम्बर मा सिंगल्स डे मनाइन्छ । यो दिनलाई शपिङ फेस्टिबलको रुपमा पनि मनाइने गरिन्छ । यो विश्वको सबैभन्दा ठुलो शपिङ फेस्टिबल मानिन्छ ।
यो बर्ष सिंगल्स डे मा अलीबाबाले पहिलो एक मिनेट आठ सेकेन्ड मा एक अरब डलर र पहिलो एक घण्टामा १२ अरब डलरको आकडा पार गरेको थियो । सिंगल डे सेलमा ५,४४,००० अर्डर प्रति सेकेन्डको रेकर्ड बन्यो, जुन २००९ मा पहिलो पटकको सेलभन्दा १,३६० गुना धेरै हो ।
यो बर्ष शपिङ फेस्टिवल समारोहमा ग्रामी अवार्ड प्राप्त गायीका टेलर स्विफ्ट सहित कैयौ अन्तराष्ट्रिय र स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए । यो सिंगल्स डे मा ७८ देशका २ लाखभन्दा धेरै ब्याण्डहरुले भाग लिएका थिए ।
सिंगल्स डे सेल मा आफनो सामान विक्रि गर्ने देशहरुमा जापान, अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, जर्मनी, ब्रिटेन र फ्रान्स समावेश थिए ।
सिंगल्स डे
चीनमा हरेक बर्ष ११ नोभेम्बर मा सिंगल्स डे मनाइन्छ । यसको शुरुवात २००९ बाट भएको थियो । देशमा अविवाहित संख्यालाई हेरेर उनीहरुको नाममा एक दिन ठुलो उत्सवको आयोजना गरीयो । यो दिन अविवाहित केटा–केटीहरु मिलेर आफनो जीवन साथी पनि रोज्ने गर्दछन् । यो दिन चिनमा विदा हुने गर्दछ र यसलाई शपिङ फेस्टिवलको रुपमा मनाउने गरिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा