श्यामूएल उमटीटी को एकमात्र गोलद्धारा फ्रान्स १२ बर्षपछि फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले सेन्ट पिटर्सबर्ग स्टेडियममा मंगलबार फिफा विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएको हो । योसँगै फ्रान्सको विश्वकप को इतिहासमा बेल्जियम विरुद्धको रेकर्ड अझ बलियो बनेको छ । फ्रान्सले बेल्जियमलाई विश्वकपमा लगातार तेस्रो पटक पराजित गरेको हो ।... विस्तृतमा