सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आफनो सैन्य तागत लगातार बढाइरहेको चिनले एक समुन्द्रि राडर विकास गरेको छ । यो राडरको क्षमता यस्तो छ कि भारतको आकार बराबरको क्षेत्रमा आफनो नजर राख्न सक्छ । यानी कि चिनले चाहेमा पुरै भारत माथि यो राडरबाट नजर राख्न सक्छ ।
हङकङ स्थित साउथ चाइना मर्निङ पोस्टले चिनको ओभर द होरिजन राडर कार्यक्रमको हिस्सा रहेको वैज्ञानिकलाई हवाला दिदै भनेको छ कि घरेलु स्तरमा विकसित राडर प्रणाली चीनीया नौसेनालाई चीनको समुन्द्रमा पुरै नजर राख्नमा सक्षम बनाउनेछ ।
दश्मन देशहरुको युद्धपोत, मिसाइल माथि राख्नेछ नजर
यो राडर चीनको दुश्मन देशको युद्धपोत, विमान र मिसाइलको खतराको तत्तकालिन प्रविधिको तुलना गर्न पहिचान गर्नेछ । पोस्टका अनुसार यो राडर भारतको आकार भएको क्षेत्रमाथि लगातार नजर लगाउनमा सक्षम छ ।
वैज्ञानिकहरुले भनेका छन् कि पुरानो प्रविधिको मद्यतले हाम्रो समुन्द्रि क्षेत्रको करीब २० प्रतिशत भागको मात्र निगरानी गर्न सकिन्थ्यो । नयाँ प्रणालीले पुरै क्षेत्रको नीगरानी गर्नेछ । यो राडर दक्षिण चीन सागर, हिन्द महासागर र प्रशांत महासागर समेत अहम क्षेत्रमा हाम्रो नौसेनालाई चाहिने सुचना एकत्रीत गर्ने क्षमता बढाउनेछ ।
राडर बनाउने वैज्ञानिक सम्मानित
चाइनीज एकेडमी अफ साइन्सका शिक्षा विद लियू योंगतानले यो राडर प्रविधिलाई विकास गरका हुन् । चीनका राष्ट्रपति शी जिनपिंगले लियू र एक अन्य सैन्य वैज्ञानिक कियान क्विहू लाई मंगलबार विज्ञानको क्षेत्रमा दिइने देशको सर्वोच्च पुरस्कार बाट सम्मानित गरेका छन् ।
लियूले पोत आधारित ओटोएच राडरले पीपुल्स लिबरेशन आर्मीलाई अपेक्षाकृत धेरै ठुलो क्षेत्रमाथि नजर राख्न सक्षम रहने दावी गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा