सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आजकाल यदि कोही कसैले बलिउड एक्शन स्टारको नाम सोधेमा जो कोहीले पनि यि दुईको नाम पहिला लिन्छन्, सीनीयर हिरोमा ‘ऋतिक रोशन’ र नयाँ स्टारमा ‘टाइगर श्राफ’ । यद्यपी, यी दुबै अहिलेसम्म कुनै पनि फिल्ममा एक साथ देखिएका छैनन् तर धेरै कुराहरु यी दुई विच मिल्दो जुल्दो छ ।
यही बिच दुबै जनाको एकसाथ अभिनय रहेको फिल्मको शुटिङ पनि शुरु गरेको खबर बाहिर आएको छ । पछिल्लो खबर अनुसार टाइगरले ऋतिकलाई आफनो गुरु मानेको खबर बाहिरिएको छ । बलीउडको ‘बागी’ टाइगर अब ऋतिक यानी ‘क्रिश’ को चेला बनेका छन् । यशराज ब्यानरमा बनीरहेको अनटाइटल्ड फिल्ममा टाइगर श्राफ ऋतिक रोशनको चेला बनेको देखिदैछन् ।
बलिउड लाइफको खबर अनुसार, यो एक्शन फिल्ममा ऋतिक एक सिनियर एक्शन स्टारको भुमिकामा देखिदैछन् भने टाइगर आफनो सिनियरको चेलो यानी शिष्य को भुमिकामा छन् ।
ऋतिक र टाइगर दुबै बलिउडका यस्ता एक्टर हुन् जो आफनो उत्कृष्ट एक्शन स्टन्ट संँग–सँगै आफनो डान्सको चाल ले जो कोहीलाई पनि घायल गराउन सक्छन् । ल अब तपाई आफै सोच्नुहोस् कि जब यि दुबै कलाकार कुनै फिल्ममा एक साथ आएमा थिएटरको माहोल कस्तो हुनेछ ? यो देखेर नै के अनुमान लगाउन सकिन्छ भने फिल्मले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सक्दछ र यसले देश विदेशीमा रहेका आफना फ्यानहरुलाई भरपुर मनोरञ्जन दिनेछा् ।
टाइगर र ऋतिकको फिल्मलाई १४ ग्लोबल शहरमा शुट गरिने भएको छ । सिद्धार्थ आनंदको निर्देशनमा बन्ने यो फिल्ममा बाणी कपुर लीड रोलमा देखा पर्देछिन । बाणि कपुर पनि डान्समा ऋतिक र टाइगर भन्दा कम भने छैनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा