सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजनीतिमा आउने घोषणा गरीसकेका फिल्म इंडस्ट्रिका प्रख्यात एक्टर प्रकाश राजले शनिवार २०१९ को लोकसभा चुनावमा निर्दलिय उमेदवारको रुपमा लड्ने घोषणा गरेका छन् । राष्ट्रिय पुरस्कार विजेता समेत रहेका अभिनेताले बेंगलुरु सेन्ट्रल संसदीय सिटबाट चुनावी मैदानमा उत्रने घोषणा गरेका हुन् ।
मंगलबार प्रकाश राजले ट्विट गर्दे भनेका छन् “सबैलाई नयाँ बर्षको शुभकामना । नयाँ शुरुवात र जिम्मेदारि तपाईहरुको समर्थनले म अगामी लोकसभा चुनाव निर्दलीय उमेदवारको रुपमा लड्दैछु, संसदमा अबको पालो जनताको सरकार”
कैयौ पटक राष्ट्रिय पुरस्कार जीतीसकेका प्रकाश राज सोशल मिडिया र सार्वजनिक मञ्चमा मोदी र बीजेपीको प्राय आलोचना गरीरहन्छन्, विशेषगरी असहिष्णुता लाई लिएर । नोभेम्बरमा मोदीको विषयमा एउटा ट्विट गरेका थिए , जसमा उनले लेखेका थिए “प्रिय सर्वोच्च नेता अन्य पार्टीलाई अपशब्दको प्रयोग नगर्ने ज्ञान दिनुभन्दा पहिला के तपाई र तपाईको पार्टी सबैभन्दा पहिला स्वच्छ भारतको शुरुवात आफनो बोलीलाई सफा बनाएर शुरु गर्नुृहुन्छ ? “
प्रकाशराजले पहिला पनि प्रधानमन्त्रि नरेन्द्र मोदीको आलोचना गर्दा बलीउडमा फिल्म पाउन छाडेको आरोप पनि लगाएका थिए ।
२००८ मा परिसीमन पछि अस्तित्वमा आएको बेंगलुरु सेन्ट्रल सीट हाल बीजेपीको कब्जामा रहेको छ । पार्टीका दिग्गज नेता पीसी मोहन यो सीटबाट लगातार दोस्रो पटक चुनिएर संसद पुगेका छन् । सांसद मोहनले २०१४ को आम चुनावमा कांग्रेस उमेदवार एचटी संगलियाना लाई ३५ हजार भन्दा बढि भोटले पराति गरेका थिए । बेंगलुरु सीटको पुर्व सांसद संगलियाना कर्नाटकका पुर्व डिजिपी बनिसकेको छन् ।
यो लोकसभा क्षेत्रमा अल्पसंख्यक मतदाताहरुको बर्चस्व रहेको छ । ५.५ लाख तामिल, ४ं५ लाख मुस्लिम र २ लाख ईसाई मतदाता बेंगलुरु सेन्ट्रल ससंदीय क्षेत्रको सांसदलाई चुन्छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा