सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दक्षिण अमेरीका स्थित विश्वको सबैभन्दा लामो एंडीज पर्वत ऋखलाको रुखमा बस्ने भ्यागुतोको नयाँ प्रजाती फेला परेको छ । पश्चिमि एंडीजको कार्डिलेरा डेर कोनडोर पर्वत श्रेणीमा चलेको दुई हप्ता लामो अभियानको दौरान यो अनौठो प्रजाती पत्ता लागेको हो ।
युर्निभर्सिटि अफ इक्वाडोरका अनुसन्धानकर्ताहरुले यो प्रजातीको संरचना र आनुवांशिक विशेषताहरुको अध्ययन गरे पश्चात यो पहिलादेखी नै भएको कुनै पनि भ्यागुतो प्रजातीको परिवारको सदस्य नभएको दावी गरेका छन् ।
जीव वैज्ञानिक एलेक्स एचिगले भने “पर्वत श्रेणीमा हामलिे एउटा सानो जंगल फेला पारेका थियौ । त्यो जंगल भएर बग्ने नदीको रंग कालो थियो । नदीको किनारमा रहेको खैरो रंगको झाडिमा यो भ्यागुतो बसेको थियो । झाडी र त्यसको रंग समान भएको कारण त्यसको चिन्न मुस्किल थियो “।
यो प्रजातीको नाम अमेरीकाको नेशनल एकेडमी अफ साइन्सका सदस्य र प्रसिद्ध वैज्ञानिक डा. ढेविड हिलिसको नाममा हाइलोसिर्टस हिलिस राखिएको छ । डेविडले चार दशक पहिला पनि मेंढको का तिन निकट सम्बन्धि प्रजातीहरुको पत्ता लगाएका थिए ।
लोप हुने खतरामा
यो नयाँ प्रजाती लोप हुने खतरा बढेको छ । एंडिजको जुन ठाउँमा यसलाई पाइएको थियो त्यसको नजिकै चीनको कम्पनि उत्खनन गरीरहेको छ । जसले गर्दा भ्यागुतोको आश्रय स्थल नराम्रोसँग प्रभावीत भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा