सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, पुस १९ । अंग्रेजी नयाँ बर्ष २०१९ को भब्य सुभारम्भसँगै नेपाली मोबाइल बजारमा चीनको सबैभन्दा ठुलो टेलिकम कम्पनि “हुवावे” को सह–ब्राण्ड “अनर” ले प्रवेश गरेको छ ।
बुधबार होटल अन्नपुर्णमा आयोजीत एक कार्यक्रमका विच अनरलाई नेपाली बजारमा प्रवेश गराउने एक मात्र आधिकारीक विक्रेता क्रातोस टेक्नोलोजी प्रा.ली ले “अनर” का ४ मोडलहरु सार्वजनिक गरेको हो ।
क्रातोसले अनर सेभेन एस (HONOR 7S) , अनर सेभेन ए (HONOR 7A) , अनर ऐट एक्स (HONOR 8X) र अनर प्ले (HONOR PLAY) नामका ४ मोडलहरु प्रस्तुत गरेको छ ।
अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले का विशेषता र मुल्य
नेपालमा लन्च गरेको अनर फोनमा यो सबैभन्दा सस्तो ४जी स्मार्टफोन हो । यसको विशेषताको कुरा गर्ने हो भने यसमा एचडी प्लस डिस्प्ले पाइनेछ र फ्ल्यास लाइटसँगै फन्ट क्यामरा रहेको छ ।
अनर सेभेन एस (HONOR 7S) को फिचर्सहरु
फोनको फिचर्सको कुरा गर्ने हो भने यसमा एन्ड्रोइड अडियो ८ं१, ४जी डुअल सिम सपोर्ट र ५.४५ फुल एचडी प्लस डिस्प्ले रहेको छ जसको रेजुलोशन 720×1440 पिक्सल छ । डिस्प्लेको आस्पेक्ट रेशियो 18:9 छ । यसको अलावा अनर 7S मा मीडियाटेक को MT6739 प्रोसेसर, २ जीबी र्याम र १६ जीबी स्टोरेज पाइनेछ जसलाई २५६ जीबी सम्म बढाउन सकिन्छ।
क्यामराको कुरा गर्ने हो भने 7S मा १३ मेगापिक्सल को रियर क्यामरा र ५ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । दुबै क्यामरासँग एलईडी फ्ल्यास लाइट पाइनेछ । फोनसँग फेस अनलक पनि मिल्नेछ । यसको अलावा फोनमा ३०२० एमएएच को ब्याट्री र कनेक्टिभिटिको लागी ४ जी एलटीई, वाई–फाई, ब्लुटुथ, जीपीएस र ३ं५ एमएमको हेडफोन ज्याक पनि मिल्नेछ ।
नेपाली बजारमा यसको मुल्य १५,४९० तोकिएको छ ।
अनर ७ए को विशेषताको कुरा गर्ने हो भने यसमो डुअल रियर क्यामरा र फुल भ्यू डिस्प्ले पाइनेछ ।
अनर सेभेन ए (HONOR 7A) को फिचर्सहरु
अनर ७ ए मा ५.७ इन्चको एचडी प्लस डिस्प्ले क्वालकोम को स्नेपड्रयागन ४३० अक्टा–कोर प्रोसेसर रहेको छ । यो फोन 3GB+32GB जीबी भेरियन्टमा पाइनेछ । स्टोरेजलाई २५६ जीबी सम्म बढाउन सकिन्छ । फोनको क्यामराको कुरा गर्ने हो भने यसमा डुअल रियर क्यामर सेटअप छ र ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । फोनमा 3,000mAh को ब्याट्रि, फिंगरप्रिन्ट सेन्सर, फेस अनलक, डुअल सिम सपोर्ट, एन्ड्रोइड अडिया ८.० र हेडफोन ज्याक दिइएको छ ।
अनर ७ए को १८,४९० विक्रि मुल्य राखिएको छ ।
हुवावे को सब–ब्राण्ड अनरले बुधबार लन्च गरेको अनर ८एक्स फोनको विशेषताको कुरा गर्ने हो भने यसमा 20+2 मेगापिक्सल को डुअल रियर क्यामरा र जीपीयू टर्वो गेमिंग प्रविधि दिइएको छ ।
अनर ८एक्स (HONOR 8x) को फिचर्सहरु
अनर ८ एक्समा ५.५ इन्चको फुल एचडी प्लस नोच डिस्प्ले पाइनेछ जसको रिजोलुशन 10802340 पिक्सल र आस्पेक्ट रेशियो 19.5:9 छ । यसको अलावा फोनमा किरिन ७१० प्रोसेसर, गेमिंङको लागी जीपीयू टर्बो, ४ जीबी र ६ जीबी र्याम तथा ६४ जीबी र १२८ जीबी सम्मको स्टोरेज मिल्नेछ जसलाई ४०० जीबी सम्म बढाउन सकिन्छ । यो फोन र्याम र ६४ जीबी स्टोरेज, ६ जीबी र्याम र १२८ जीबी स्टोरेज र ६ जीबी र्याम सँगै ६४ जीबी स्टोरेज भेरियन्टमा पाइनेछ । फोनको बडि ग्लासको रहेको छ । फोनमा एकसाथ ३ वटा सिम कार्ड र एक मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।
अनर ८ एक्स को क्यामराको कुरा गर्ने हो भने यसमा 20+2. मेगापिक्सलको डुअल रियर क्यामरा छ, भने फ्रन्ट क्यामरा १६ मेगापिक्सलको छ । दुबै क्यामरासँगै एआई को सपोर्ट पाइनेछ । फोनमा फेस अनलकको सुविधा पनि पाइनेछ । फोनमा ३७५० एमएएच को ब्याट्री छ र कनेक्टिभिटिको लागी डुअल ४ जी वीओएलटीई रहेको छ । यो फोनमा फिंगरप्रिन्ट सेन्सर पनि छ ।
नेपालको मोबाइ बजारमा अनर ८ एक्सको कुरा गर्ने हो भने ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको ३२,४९० रुपैया तोकिएको छ भने ६ जीबी र्याम र १२८ जीबीको स्टोरेज भएको भेरियन्टको मुल्य ३६,४९० तोकिएको छ ।
यो फोनमा शानदार क्यामरासँगै गेमिंगको अनुभव पनि लिन सकिन्छ । फोनको विशेषताको कुरा गर्ने हो भने अनर प्ले मा ६.३ इन्चको डिस्प्लेसँगै हाईसिलिकन किरिन ९७० प्रोसेसर मिल्नेछ साथै गेमिंगको अनुृभवको लागी कम्पनिले आफनो जीपीयू टर्बो टेक्नोलोजी दिएको छ ।
अनर प्ले (HONOR PLAY) को फिचर्सहरु
अनर प्ले फोनको फिचर्सको कुरा गर्ने हो भने यसमा ६.३ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको छ जसको रिजोलुशन 1080×2340 पिक्सल हुनेछ । यसको अलावा फोनमा एन्ड्रोइड अडियो ८.१, अक्टा–कोर हाइसिलिकन किरिन ९७० प्रोसेसर, ग्राफिक्स को लागी माली G72 जीपीयू,४/६ जीबी र्याम र ६४ जीबी को स्टोरेज पाइनेछ जसलाई २५६ जीबी सम्म बढाउन सकिन्छ । यो फोनमा एउटा विशेष फिचर पनि छ जसको मद्यतले तपाई ब्लुटुथबाट एकसाथ ७ डिभाइसलाई कनेक्ट गर्न सक्नुहुनेछ ।
अनर प्लेको क्यामराको कुरा गर्ने हो भने यसमा डुअल रियल क्यामरा सेटअप छ जसमा एक लेन्स १६ मेगापिक्सल को छ जसको अपर्चर f/2.4 र दोस्रो २ मेगापिक्सल जसको अपर्चर f/2.4 रहेको छ । फोनमा १६ मेगापिक्सलको f/2.0 अपर्चर भएको फ्रन्ट क्यामरा दिइएको छ । दुबै क्यामरामा आर्टिफिशियल इंटेलिजेन्सको सपोर्ट छ । कनेक्टिभिटिको लागी फोनमा ४जी वीओएलटीई, वाई–फाई, ब्लूटुथ ४ं२, जीपीएस, फिंगर प्रिन्ट सेन्सर, फेस अनलक, यूएसबी टाइप सी र ३७५०mAh को ब्याट्री रहेको छ ।
अनर प्लेको नेपाली बजार मुल्य ४२,४९० तोकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा