सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तस्विर: प्रशान्त ढकाल
कठमाण्डौँ, पुस १७ । विजनेस टु विजनेस ई–कमर्श लाई जोड्न सेलकथ नामको वेबसाईट र एप्लिकेसन प्रविधिको शुभारम्भ भएको छ । सोमबार काठमाण्डौको होटल इन्द्रेणीमा उक्त सफ्टवेयरको औपचारिक शुभारम्भ गरीएको हो ।
काठमाण्डौको बसुन्धारामा मुख्य कार्यालय रहेको सेलकथलाई चितवनका युवा तथा सेलकथका प्रवन्ध निर्देशक सज्जन थपलियाले ५ बर्षको अथक मिहेनतमा वेबसाईट र एप्लिकेसन एकसाथ लन्च गरेका हुन् ।
दिनानुदिन उपादनकर्ताहरुले आफुले उत्पादन गरेका सामानको उचित मुल्य नपाउदा बस्तुहरुको उत्पाद निराशापन छाइरहेको अवस्थामा सेलकथ एउटा बहुउपयोगी हुन सक्ने सेलकथका प्रवन्ध निर्देशक सज्जन थपलियाले दावी गरे ।
उक्त वेबसाइट लन्च गर्दे प्रवन्ध निर्देशक थपलीयाले भने “सेलकथले बि टु बि अर्थात बिजनेस टु बिजेनसको काम गर्ने सफ्ठवेयर हो । हाम्रो लक्ष्य भनेको साना र स्थानीय उत्पादन र ब्यापारलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउनु हो । यसमा क्रेता र बिक्रेता बिच सिधै सम्पर्क हुनेछ । कुनै पनि सामान खरिद गर्न चाहने क्रेताले सिधै उक्त सामान उत्पान हुने कम्पनी सँग सम्पर्क गर्न सक्नेछन् । यस्तै कुनै पनि कम्पनीले आफुले उत्पान गरेको बस्तु बिक्रीका लागि सिधै क्रेता सँग सम्पर्क गर्न सक्नेछन् । हाम्रो मुख्य उदेश्य भनेको विचौलीए हरुले विचमा बसेर खाने कमिसनलाई निरुत्साहित गर्नु हो “।
थपलियाले उदाहरण दिनै भने “मुस्ताङको स्याउ, जुन धेरै देशमा अर्गानिक भनेर महङगो मुल्यमा विक्रि भईरहेका छन् तर हाम्रो उत्पादनकर्ता कृषकहरुले त्यसको उचित मुल्य पाइरहेका छैनन् । किनभने कृषकहरुले स्याउ बेच्दा सिधै प्रयोगकर्तासँग सम्पर्क नगरी मध्यस्तकर्ता बाट जानु परेको छ । जसको कारण स्याउको उचित मुल्य पाउन सकिरहेको छैन” ।
नेपालीहरको लागी निशुल्क लग इन सुविधा दिइएको सेलकथलाई गुगल प्लेस्टोरमा गएर एप डाउनलोड गरी त्यहाबाट सामान खरिद बिक्री गर्न सकिनेछ । यस्तै वेबसाइटबाट ब्यापार गर्न चाहनेहरुले भने सेलकथको वेबसाईटमा गई आईडी र पासवर्ड लग इन गर्न गरी त्यसमा आफनो उत्पादनहरु लिस्टिङ गर्न सक्नेछन्। वेबसाईट र एप्लिकेसन मार्फत जो कोहीले पनि सजिलै आफुलाई चाहिएको सामन खरिद तथा विक्रि गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा