सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, पुस ९ । नेपालको डिजिटल टिभी सेवा प्रदायक कम्पनि डिस होमले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको बताएको छ।
उक्त कम्पनीले ललितपुरको भैँसेपाटीमा डिस मिडिया नेटवर्क लिमिटेडका रुपमा सेवा प्रदान गर्न लागेको विषयमा आज आयोजित पत्रकार सम्मेलनमा दुर्गम ठाउँमा पनस्याटेलाइट मार्फत् इन्टरनेट सेवा पुर्याउन लागेको जानकारी दिइएको हो ।
शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एसडी च्यानल प्याकेजहरु प्रदान गरिरहेको डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त प्रविधि हो र यसको प्रयोग बाट टीभी सिग्नल नेपालको जुनसुकै स्थानमा पनि प्राप्त गर्न सकिन्छ ।
शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एसडी च्यानल प्याकेजहरु प्रदान गरिरहेको डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त प्रविधि हो र यसको प्रयोग बाट टीभी सिग्नल नेपालको जुनसुकै स्थानमा पनि प्राप्त गर्न सकिन्छ ।
डिस होमले मुलुकभरका टिभी जडान भएका घरहरुमध्ये आफ्नो बजार हिस्सा २५ प्रतिशत रहेको जनाएको छ। डिस मिडिया नेटवर्कले हालसम्म १५ लाख सेट–टप बक्स बिक्रि गरिसकेको दावी गरेको छ।
विज्ञप्तीअनुसार संस्था संचालनमा आएको ९ बर्षमा ४ अर्व १० करोड ९१ लाख रुपैयाँ नेपाल सरकारलाई विभिन्न शिर्षकमा कर बुझाएको छ। यीमध्ये संस्थाले भन्सार कर तर्फ । ८७ करोड २० लाख , ग्राहकबाट संकलित मूल्य अभिबृद्धि करतर्फ २,अर्ब ५२ लाख रुपैया राजस्व बुझाइएको डिस मिडियाले जनाएको छ। त्यस्तै रोयल्टीतर्फ १९ करोड ३५ लाख, लाईसेन्स नविकरणवापत ४ करोड ६८ लाख, आयकर तर्फ ४५ करोड ३० लाख र ग्राहकहरुबाट संकलित टिडिएसतर्फ ५३ करोड २५ लाख रुपैयाँ कर गत अवको अन्त्यसम्ममा बुझाई सकेको जनाएको छ ।
ब्यावसायीक सफलताको मुख्य आधार पारदर्शी र स्वचालीत ९अटोमेटिक० संचालन पद्धती भएको कम्पनीले बताएको छ । डिशहोमले व्यवसायिकता, पारदर्शिता तथा ग्राहक सेवाका लागि विश्वस्तरीय प्रविधिहरुको प्रयोगमा ६ वटा सफ्टवेयरले महत्वपुर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।
डिशहोमले सम्पूर्ण सरोकारवालाहरुको हकहित मध्यनजर गर्दै आफ्नो कार्ययोजनाहरु अगाडी बढाईरहेको बताएको छ । डिशहोमले नेपाललाई डिजिटल युगमा प्रवेश गराउने र नेपाल सरकारको डिजिटलाईजेशन नितीलाई समेत पुर्णरुपमा सफल बनाउन सहयोग पुर्याउनु रहेको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा