सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इंडियन प्रीमियर लीग (आईपीएल) को नीलामीमा युवा खेलाडीहरुको बोलीले यो पटक सबै दिग्गजहरुलाई पछाडि छोडेको छ । जयदेव उनादकट र युवा खेलाडी वरुण चक्रवर्ती ८.४ करोडमा विके । गएको सिजनको निलामीमा सबैभन्दा महंगोमा बिकेका बायाँ हातका बलर जयदेश उनादकट लीगको अगामि सिजनको लागी जारी निलामीमा पनि अहिलेसम्म सबैभन्दा धेरै रकम हासिल गर्न सफल रहेका छन् । उनलाई यो पटक वरुण चक्रवर्तीसँग कडा प्रतिस्पर्धा गर्नु पर्यो । दुबैले निलामीमा ८.४ करोड रुपैया पाए ।
एनादकटलाई पछिल्लो बर्ष राजस्थान रायल्सले किनेको थियो । नीलामी भन्दा पहिला राजस्थानले उनलाई रिटेन नगर्ने निर्णय गरेको थियो तर यो बर्ष राजस्थानले एक पटक फेरी उसलाई आफनो टिममा समावेश गरेको छ । यता वरुण आफनो पहिलो आईपीएलमा किग्स इलेवन पंजावको जर्सिमा देखिनेछन् । पंजाबले उनको लागी ठुलो रकम खर्च गर्ने जोखिम उठाएको छ । पंजाबले इङ्गल्याण्ड का खेलाडी सैम कुरैनलाई पनि राम्रो मुल्य तिरेको छ । हालैमात्र भारतबाट इङ्गल्याण्ड यात्रामा रहेका ब्याट्सले धमाल मचाउने यी अलराउण्डर खेलाडीको लागी पंजाबले ७.२ करोड रुपैया दिएको छ ।
यता कोलिन इंग्राम पनि राम्रो मुल्य लिन सफल भए । उनलाई दिल्लि क्यापिटल्सले ६.४ करोड भारु मा किनेको छ । दिल्लिले पनि अलराउण्डर खेलाडी अक्षर पटेलको लागी पाँच करोड भारु दिएको छ । मुंबईको लागी रणजी ट्रफीमा लगातार पाँच छक्का हान्ने ब्याट्सम्यान शिवम दुबेले पनि पाँच करोडको राम्रो रकम मिलेको छ । उनी विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बेंगलोरसँग आईपीएल डेब्यू गर्नेछन् ।
यी हुन सबैभन्दा महंगा खेलाडी
खेलाडी मुल्य टिम
जयदेव उनादकट ८.४० करोड भारु राजस्थान
वरुण चक्रवर्ती ८.४० करोड भारु पंजाब
सेम कुरेन ७.२० करोड भारु पंजाब
कोलिन इनग्राम ६.४० करोड भारु दिल्लि
कार्लोस ब्रेथवेट ५ करोड भारु कोलकाता
अक्षय पटेल ५ करोड भारु दिल्लि
मोहित शर्मा ५ करोड भारु चेन्नेई
शिवम दुबे ४.८ करोड भारु पंजाब
प्रभसिमरन सिंह ४.८ करोड भारु पंजाब
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा