सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३ । दयाहाङ् राई तथा दिया पुन स्टारर ‘दयारानी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। आगमी वर्षको जेठ १० गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै निर्माण युनिटले मंगलबार फस्ट लुक सार्वजनिक गरेको हो।
माओत्से गुरुङको निर्देशनमा फिल्ममा दया र दिपासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले लगायतको अभिनय रहेको छ। सिनेमा आर्ट्सको प्रस्तुतिमा तयार भएको फिल्ममा निर्देशक गुरुङकै लेखन रहेको छ।
रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेको यस फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको लगानी रहेको छ। फिल्मलाई शैलेन्द्र डि। कार्कीले खिचेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा