सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३ । काठमाडौं किंग्स लाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले दिएको १०९ रनको विजयी लक्ष्यलाई ललितपुरले १ विकेटले पराजित गरेको हो ।
ललितपुरको जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा ललितपुरका योगेन्द्रसिंह कार्कीले उक्त चुनौती पार गरे ।
कार्कीले अविजित २८ रन जोड्दा कुशल भुर्तेलले २९ रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौंका प्रदीप साहुले ३ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित् २० ओभरको खेल सकिन एक बल बाँकी छँदा अलआउट हुदै १०८ रन जोडेको थियो ।
काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोड्दा सागर पुनले २९ रनको योगदान दिए ।
बलिङतर्फ ललितपुरका पवन शर्राफ र योगेन्द्रसिंह कार्कीले समान ३/३ विकेट लिँदा सन्नी पटेलले २ विकेट लिए ।
जितसँगै ललितपुर इपीएल क्रिकेटको तेस्रो संस्करणको फाइनलमा प्रवेश गर्दा पराजित टोली काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।
भोलि हुने भैरहवा ग्ल्याडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले दोस्रो क्वालिफायार खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा