सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस ३। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन् ।
१८ औं विश्व आप्रवासन दिवसका अवसरमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले मंगलबार गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले ‘अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो विसङ्गति धेरै दिन रहँदैन, पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’
मन्त्री विष्टले आप्रवासी श्रमिकको मर्यादित र सम्मानित जीवनयापनको विषय अन्तर्राष्ट्रिय मुद्दा बनेको उल्लेख गर्दै आप्रवासी श्रमिकको हकतिका पक्षमा सबै राष्ट्रले सहकार्य गर्नुपर्नेमा जोड दिए।
अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय मञ्चमा आप्रवासी कामदारको अधिकारको विषयले प्राथमिकता पाएको अवस्थामा क्षेत्रीय मञ्चका रुपमा रहेको कोलोम्बो प्रोसेस र अन्तरसरकारी मञ्चका रुपमा रहेको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) ले पनि श्रमिकलाई न्याय दिने गरी आफ्नो भूमिका केन्द्रित गरेको उनले बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा