सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, पुस ३। बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ ।
पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्याण्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिए । आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा दुईवटा डोजरमार्फत आइल्याण्ड भत्काइएको थियो ।
पोखरा विमानस्थलको नजिकै रहेको आइल्याण्डमा नेपाल क्युनिष्ट पार्टीका नेता स्वर्गीय चित्रबहादुर गुरुङको अर्धकदको सालिक छ । आइल्याण्डलाई सानो बनाएर स्व गुरुङको सालिक सोही स्थानमा राखिने प्रवक्ता सुवेदीले बताए ।
आइल्याण्ड परिसरमा रहेका सिसौका रुख समेत हटाइनाका साथै पृथ्वीचोक, बिरौटाचोक, जिरो किलोमिटर, अमरसिंहचोक, वीरेन्द्रचोकका आइल्याण्ड यसअघि नै साघुँरो बनाइ सडक फराकिलो बनाइसकिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा