सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३। कलेजोको क्यान्सर भएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान बुढानीलकण्ठ स्थित आफ्नै निवासमा निधन भएको थियो । गिरीको अन्त्यष्टि भोली (बुधबार) मात्रै गरिने भएको छ ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार, भोलि दिउँसो ३ बजे गिरीको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुने भएको छ।
गिरीको मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको थियो ।
कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए।
नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा