सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन गर्न गठित समितिले महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष प्रतिवेदन बुझाएको छ ।
सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानविन समितिले ४६० पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।
प्रहरीले बस्न्यातको नेतृत्वमा २०७५ भदौ ३१ गते उक्त छानविन समिति गठन गरेको थियो । समितिमा बस्न्यात नेतृत्वको टोलीमा गणेश रेग्मी, उत्तम सुवेदी, निरजबहादुर शाही, रमेश थापा, सन्तोष आचार्य, ज्ञानेन्द्रबहादुर बस्नेत, दधिराम न्यौपाने, कौशलकुमार बुढाथोकी, दीपककुमार कार्की र सुमन थापा रहेका छन् ।
प्रतिवेदनमा अनुसन्धानकाक्रममा ३६ जनालाई नियन्त्रणमा लिएको र ८ जनाले ‘पोलीग्राफी टेस्ट’मा झुटो बोलेको उल्लेख छ ।
प्रतिवेदनमा बलात्कारपछि हत्या गरेर फालिएकी निर्मला पन्तको विषयमा अनुसन्धान गर्ने प्रहरी कर्मचारी र उनीहरुको भूमिका उपर छानविन गरिएको विषयलाई समेटिएको छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन ।
गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।
मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो सिआइबीको टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा