सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्विजरल्याण्डको बर्नमा खेलीएको च्याम्पियन लीगको ग्रुप–एच को आफनो अन्तिम ग्रुप म्याचमा योङग ब्वाइजले जुवेंटसको सुपरस्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टिमलाई २–१ ले पराजित गरेको छ ।
यो हारको बाबजुद पहिलादेखी नै नकआउटमा पुगीसकेको जुवेंटसको टिमले ग्रुप स्तारको समापना १२ अंकसँगै शिर्ष स्थानमा रहदै गरे किनभने ग्रुप स्तरमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई भ्यालेन्सियासँग यही स्कोरसँगै हारको सामना गर्नु पर्यो । जुभेन्टससँग युनाइटेडको टिम पनि नकआउटमा पुगेको छ ।
खेलको ३० औ मिनेटमा गीयूम होराउले पेनाल्टीमा गोल गर्दे योङग ब्वाइजको खाता खोले । होराउले खेलको ६८ औ मिनेट अर्को गोल गर्दे आफनो टिमलाई जुभेन्टस विरुद्ध २–० ले जित दिलाए । यो म्याचमा जुभेन्टसको लागी एकमात्र गोल ८० औ मिनेटमा स्थानान्तरणमा आएका खेलाडी पाउलो डेबालाले गरे, जसले रोनाल्डोको सानदार पासलाई गोलमा परिणत गरे ।
योसँगै २०१७ देखी जुभेन्टसको टिम २६ म्याचदेखी चल्दै आइरहेको अपराजित यात्रामा ब्रेक लागेको छ । रोनाल्डोले गोल गर्ने तिन मौका पाए पनि उनी तिनै गोलमा चुके । अन्य म्याचमा म्यानचेस्टर सिटिले हाफेनहाइमलाई २–१ ले हरायो । गु्रप ई को आफनो म्याचमा बायर्न म्यूनिखले अजाक्स टिमसँग प्रतिस्पर्धा ३–३ ले ड्र खेले ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा