सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज, मंसिर २८ । सप्तरीको विष्णुपुर गाउँपालिका-७ वडालाई बिहीबार बालविवाहमुक्त घोषणा गरिएको छ । गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नं ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
जम्मा ५१० घरधुरी रहेको यस वडामा यस आवको अहिलेको अवधिसम्ममा नौवटा विवाह भएको र त्यसमध्ये एउटा मात्र बालविवाह भएको थियो । घोषणासभामा वडाध्यक्ष विन्देश्वर साहले २० वर्षभन्दा मुनिका महिलाको प्रजनन अङ्ग पूर्णरूपमा विकसित नहुने र यस्तो अवस्थामा विवाह गर्दा जन्मिने बच्चा र आमाको ज्यान जोखिमपूर्ण हुने बताउनुभयो । कानूनले नै २० वर्षभन्दा कम उमेरको विवाहलाई बालविवाह भन्दै रोक लगाएको छ ।
वडा नं ७ मा बालविवाह गर्नेलाई गाउँपालिकाबाट दिइने सेवा सुविधाबाट बञ्चित गर्ने र उसको घरका सदस्यले पाउने वृद्ध भत्ता र शैक्षिक छात्रवृतिसमेत बन्द गरिने वडाध्यक्ष साहले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा