सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
घानाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय मा राखिएको महात्मा गांधीको प्रतिमालाई छात्राहरुको विरोध पछि हटाइएको छ । प्रतिमा हटाउनको लागी देशैभर अनलाइन विरोध शुरु गरीएको थियो । गांधी अश्वेत अफ्रिकी मानिसहरुको लागी नस्लवादी भएको भन्दै उनी विरुद्ध अफ्रिकनहरुले प्रदर्शन गरेका थिए ।
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीले दुबै देश बिचको सम्बन्धलाई एक प्रतीकको रुपमा २ बर्ष पहिला अक्रा मा रहेको घाना विश्वविद्यालयमा वैश्विक शान्तिका दुत महात्मा गांधीको प्रतिमाको अनावरण गरेका थिए ।
ब्याख्याकारहरुले यद्यपी गांधीको उक्त कथनलाई हवाला दिदै उनको प्रतिमा हटाउन आहवान गरेका थिए । जसमा ब्याख्याकारहरुले गांधीले अश्वेत अफ्रीकी मानिसहरुको तुलनामा भारतीयहरु’ ‘श्रेष्ठ’ भनिएको भन्दै दावी गरेका छन् ।
मंगलबार र बुधबार अक्रा विश्वविद्यालयको लेगोन परिसरमा राखिएको गांधीको प्रतिमा हटाइएको विद्यालयका छात्रा तथा ब्याख्याकारले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा