सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङि्सर २७। बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समीक्षा हुने बताएका छन्।
नेता रायमाझीले पार्टीको ‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं। सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ। यो बीचमा सरकारले हाँसिल गरेको उपलब्धिहरु र कमीकमजोरीबारे छलफल र समीक्षा दुवै हुन्छ।’
पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको दाबी गर्दै रायमाझीले भने, ‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा गियर बढाएको छ। सरकारले अहिले पिकअप लिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर २९ गतेलाई स्थायी समिति बैठक आह्वान गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा